मंसिर २१, २०७४- मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना शुरु गरिएको छ । पहिलो मत परिणामअनुसार पाँचथर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका वसन्तकुमार नेम्बाङले अग्रता शुरु गरेका छन् । पहिलो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसन्तकुमार नेम्बाङले एक हजार ४ सय २९ मत प्राप्त गरी अग्रता शुरु गरेका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेल ९ सय ९८ मत प्राप्त गरेका छन् । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य प्रेमराज लावतीले एक सय ५ मत प्राप्त गरी पछ्याइरहेका छन् । मिक्लाजोङ, फालेलुङ र याङवरक गाउँपालिकाको दुई दुई वटा गरी ६ वटा मतपेटिका खोलेर दुई वटा समुहले ३ हजार एक सय ३१ मतपत्र मध्ये दुई सय ३८ मत बदर भएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङ, जनमुक्तिका भगिरथ लिम्बू, नेकपा मालेका दिनानाथ घिमिरे, नयाँ शक्तिका दिलबहादुर लावती, देशभक्त गणतान्त्रिक मोर्चा, राप्रपा राष्ट्रवादी, जनसमाजवादी लगायत दलका उम्मेदवार प्रतिस्पर्धी छन् । पाँचथरमा मतगणनास्थलमा उच्च सुरक्षा सतर्ककताका साथ मतगणना थालिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फिदिमस्थित जिल्ला समन्वय समिति कार्यालय छेवैमा रहेको व्याटमिन्टन कभर्डहल भित्र साँझ ५ बजे मतगणना शुरु गरिएको हो । मतगणनाको लागि दलका उम्मेदवार, दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार, सुरक्षा अधिकारी र कर्मचारी मतगणनास्थलमा पुगेपछि मतपेटिका भण्डारण कक्षमा दुई गठबन्धनले लगाएको ताला खोलेपछि मतपेटिका खोलिएको हो । सर्वदलीय सहमति पछि प्रतिनिधि सभा सदस्य निर्वाचनको ६ वटा मतपेटिका खोलेर गणना शुरु गरिएको हो । मतगणना रातदिन गरेर शनिबार बिहानसम्म प्रतिनिधि सभा सदस्यको अन्तिम मतपरिणाम आउने र त्यसपछि मात्र प्रदेश सभा सदस्यको मतगणना गर्ने तयारी भएको मुख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले बताउनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं १ र २ को मतपरिणाम आइतबार सम्म आइसक्ने छ । त्यसपछि समानुपातिक प्रणालीको मतगणना गरिने छ । मतगणनास्थल सुरक्षाको लागि चारैतिर फलामे तारले घेराबार लगाइएको छ । बाहिरी घेरामा सुरक्षा पोष्ट र चेकजााच गरेर मात्र उम्मेदवार, दलका प्रतिनिधि, सञ्चारकर्मी, पर्यवेक्षक, कर्मचारी भित्र प्रवेश गरेपछि अर्को घेरावारामा सुरक्षाजाँच गर्ने व्यावस्था छ । मतगणना स्थलसम्म प्रवेशको लागि थप सुरक्षा जाँच गरेर मात्र प्रवेश गर्ने व्यवस्था छ । दलका प्रतिनिधि र उम्मेदवार समेत मतदानस्थलमा तारघेरा बाहिर मात्रै बसेर हेर्ने व्यावस्था गरिएको छ । मतगणनास्थलमा गणक, सुरक्षा अधिकारी र मूख्य निर्बाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारी मात्र हुने छन् । पत्रकारहरुलाई मतगणना परिसरसम्म पुग्नका लागि प्रवेस अनुमति पत्र दिइएको छ, भने मतगणनास्थलसम्म पुग्न पालैपालो प्रवेश गर्न सञ्चारकर्मीलाई ३ वटा पास दिइएको छ । सूचना सम्प्रेषणको लागि समाचार संकलन, फोटो खिच्ने र भिजुअल लिनका लागि आपसी समन्वयमा सहज बनाउने आश्वासन समेत दिइएको छ । प्रकाशित:मंसिर २१, २०७४
मेरो नाम अनुशा हो। म आर्ट्सको विद्यार्थी हो। अहिले म पढ्दै छु। मेरो पढाईलाई निरन्तरता दिइराखेकी छु। so अब यो ब्याचलर्स सकिएपछि अष्ट्रेलियाको लागि ट्राइ गर्छु। अहिले यतिकै म स्टडी मात्र गर्दैछु। त्यो बाहेक म खाली नै छू। ड्याड ममहरुले पनि जब गर्नु पर्दैन, तिमी पढ्नलाईनै continuity गरिराख भन्नुभ’को छ। म पनि आफ्नो पढाईलाई नै बढी फोकस गर्दै छु। अहिलेलाई म चावहिलमा बस्छू। एक्लै नै बस्छु। म बस्ने साइडको दिदी र दाई एकदम मिलनसार हुनुहुन्छ। म यहाँ बसेको पनि धेरै भएको छैन। भर्खरै ५ महिना जति भयो। उता साइडमा बस्ने दिदी र दाईले पनि बिहे गरेको १ वर्ष मात्रै भयो रे। उनीहरुले भागेर बिहे गरेका हुन। दुवैजनाको घर चाहिँ दोलालघाटमा रहेछ। पहिले घरमा पनि भनेको विहे गर्नलाई तर कसैले मान्नुभएन। जात नै मिल्दैन भनेर। अनि हामी त भागेर आ’को भन्नु भयो। घरमा फोन हुन्छ तर घर अहिलेसम्म बोलाउनु भ’को छैन रे। दिदी चाहीँ अफिस जानु हुन्छ। दाई चाहीँ काम नइाएर घरमा नै बस्नु हुदो रहेछ। दाईले धेरै पढ्नुपनि भएको रहेनछ। त्यहि भएर काम पाउन पनि गाह्रो भएको रहेछ। अब आउने वर्ष दुबई जाने भन्नुहुन्थ्यो। हामी बस्ने फ्ल्याटमा ...
Comments
Post a Comment