धादिङमा मतगणना अगाबै बसेको सर्वपक्षीय बैठक र मतगणना स्थल थपिदैं । तस्विर : हरिहरसिंह राठौर/कान्तिपुर मंसिर २१, २०७४- धादिङमा आज सम्पन्न निर्वाचन परिणामलाई छिटो भन्दा छिटो सार्वजनिक गर्न स्थानीय मतगणना स्थलहरु थप्ने निर्णय गरिएको छ । बिहीबार अपराह्न स्थानीय प्रशाासनमा बसेको राजनीतिक दलका प्रमुख, सबै उम्मेदवारहरु, दुवै क्षेत्रका निर्वाचन अधिकृतहरु, र सुरक्षा निकायको बैठकले मतगणनास्थलहरु र मतगणकहरु थपेर मतगणना गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम निर्वाचन कार्यालयले मतगणनास्थल थप गर्न थालेको छ । स्थान अभावका कारण एउटा उम्मेदवारले एक पटकमा एकजना मात्रै प्रतिनिधि राख्न पाईने निर्णय भएको छ, ‘गणनास्थलमा मोबाईल, क्यामरा, सलाई लाईटर मात्रै हैन पानीका बोतल समेत लैजान प्रतिबन्ध गरिएको छ ’प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले बताउनुभयो । निर्वाचन आयोगबाट प्राप्त मतगणना सम्बन्धी ३० बुँदे निर्देशन बमोजिम अलग अलग मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिलाएर गणना हुनेछ । मतपत्रको निर्वाचन चिह्न बाहेक अन्यत्र लागेका ल्याप्चे वा मसी भएमा सो मतपत्र सदर गरिने भए पनि एउटा बक्समा पर्नु पर्ने मत अर्को मतपेटिकामा परेको भए उक्त मत रद्ध हुने निर्देसिकामा उल्लेख छ । खसेको मत को मुचुल्कामा कर्मचारीले जति लेखेको भए पनि मतपेटिका भित्रकै मतसंख्या सदर हुने निर्णयमा उल्लेख छ । मतगणना स्थल थप गर्नु परे पछि निर्वाचन कार्यालयले ५ बजे अगावै मतगणनास्थल तयार भईसक्ने र ५ बजे लगत्तै प्रतिनिधिसभा र प्रदेश सभाको एकै पटक गणना शुरु गरिने निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताउनुभयो । प्रकाशित:मंसिर २१, २०७४
For More:
http://bit.ly/2BJbM98
For More:
http://bit.ly/2BJbM98
Comments
Post a Comment