Skip to main content

Posts

Showing posts from December, 2017
मंसिर २२, २०७४-  प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । शुक्रबार दिउँसो घोषणा भएको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरुलाई पछि पार्दै गठबन्धनका उम्मेदवारहरुले जित हात पारेका हुन् ।  वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका भैरबबहादुर सिंहले नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मत अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् । भैरबले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी पृथ्वीले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।  यस्तै प्रदेश (क) मा पनि नेकपा एमालेका उम्मेदवार अजुर्न थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान सांसद चन्द्रा जोशीलाई ४ हजार ६ सय ७१ मतको अन्तरले पराजित गरेका छन् । थापाले १७ हजार ८ सय ६८ र जोशीले १३ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।  प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसका नेता तथा पुर्व राज्य मन्त्री ...

पाँचथरमा मतगणना शुरु, वाम गठबन्धनको अग्रता

मंसिर २१, २०७४-  मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना शुरु गरिएको छ । पहिलो मत परिणामअनुसार पाँचथर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका वसन्तकुमार नेम्बाङले अग्रता शुरु गरेका छन् । पहिलो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसन्तकुमार नेम्बाङले एक हजार ४ सय २९ मत प्राप्त गरी अग्रता शुरु गरेका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेल ९ सय ९८ मत प्राप्त गरेका छन् । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य प्रेमराज लावतीले एक सय ५ मत प्राप्त गरी पछ्याइरहेका छन् । मिक्लाजोङ, फालेलुङ र याङवरक गाउँपालिकाको दुई दुई वटा गरी ६ वटा मतपेटिका खोलेर दुई वटा समुहले ३ हजार एक सय ३१ मतपत्र मध्ये दुई सय ३८ मत बदर भएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङ, जनमुक्तिका भगिरथ लिम्बू, नेकपा मालेका दिनानाथ घिमिरे, नयाँ शक्तिका दिलबहादुर लावती, देशभक्त गणतान्त्रिक मोर्चा, राप्रपा राष्ट्रवादी, जनसमाजवादी लगायत दलका उम्मेदवार प्रतिस्पर्धी छन् । पाँचथरमा मतगणनास्थलमा उच्च सुरक्षा स...
धादिङमा मतगणना अगाबै बसेको सर्वपक्षीय बैठक र मतगणना स्थल थपिदैं । तस्विर : हरिहरसिंह राठौर/कान्तिपुर मंसिर २१, २०७४-  धादिङमा आज सम्पन्न निर्वाचन परिणामलाई छिटो भन्दा छिटो सार्वजनिक गर्न स्थानीय मतगणना स्थलहरु थप्ने निर्णय गरिएको छ । बिहीबार अपराह्न स्थानीय प्रशाासनमा बसेको राजनीतिक दलका प्रमुख, सबै उम्मेदवारहरु, दुवै क्षेत्रका निर्वाचन अधिकृतहरु, र सुरक्षा निकायको बैठकले मतगणनास्थलहरु र मतगणकहरु थपेर मतगणना गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम निर्वाचन कार्यालयले मतगणनास्थल थप गर्न थालेको छ । स्थान अभावका कारण एउटा उम्मेदवारले एक पटकमा एकजना मात्रै प्रतिनिधि राख्न पाईने निर्णय भएको छ, ‘गणनास्थलमा मोबाईल, क्यामरा, सलाई लाईटर मात्रै हैन पानीका बोतल समेत लैजान प्रतिबन्ध गरिएको छ ’प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले बताउनुभयो । निर्वाचन आयोगबाट प्राप्त मतगणना सम्बन्धी ३० बुँदे निर्देशन बमोजिम अलग अलग मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिलाएर गणना हुनेछ । मतपत्रको निर्वाचन चिह्न बाहेक अन्यत्र लागेका ल्याप्चे वा मसी भएमा सो मतपत्र सदर गरिने भए पनि एउटा बक्समा पर्नु पर्ने मत अर्को...
                            Election Special मंसिर २१, २०७४-  मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना बागलुङमा राती ८ बजेदेखि शुरु भएको छ । निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएर कांग्रेसले गत साता निर्वाचन आयोगमा दिएको उजुरीको निर्णय आउन ढिलाई भएपछि मतगणनामा पनि ढिलाई भएको हो । आयोगले बिहीबार ५ बजे मात्र मतगणना गर्नु भन्ने आदेश दिएपछि काम ढिलाई भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पंडितले बताउनुभयो ।  ‘कांग्रेसका कार्यकर्ता ५ बजेपछि मात्र आएर परिचयपत्र बनाउने देखि सबै प्रशासनिक काम गर्नुपर्दा ढिलाई भयो’ पंडितले भन्नुभयो, ‘अब समस्या हुँदैन ।’ पहिलोपटक क्षेत्र नं. १ को पाला, कुश्मीसेरा र दमेकको गणना गरिएको छ भने क्षेत्र नं. २ मा दुदिलाभाटी, नरेठाँटी र बुर्तिवाङको मतगणना शुरु भएको हो ।  कांग्रेसले धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा वाम गठबन्धनले बुथ कब्जा गरेर कांग्रेसका कार्यकर्तालाई मतदनन गर्न नदिएको भन्दै उजुरी गरेको थियो । ती स्थानमा कांग्रेसले पुन मतदानको व्यवस्...